दफा ३३
कब्जा वा भोग चलनमा रहेको सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने भार
 कुनै व्यक्तिको कब्जा, भोग वा चलनमा रहेको सम्पत्ति उपर सो व्यक्तिको स्वामित्व छ वा छैन भन्ने प्रश्न उठेमा सो सम्पत्ति उपर सो व्यक्तिको स्वामित्व छैन भन्ने पक्षले नै सो कुरा प्रमाणित गर्नु पर्छ ।